एजेन्सी - श्रीलंकामा आर्थिक संकटको प्रभाव सेयर बजारमा समेत देखिन थालेको छ । विद्युत आपूर्तिमा समस्या भएपछि श्रीलंकाको कोलोम्बो स्टक एक्सचेन्ज (सीएसई) ले कारोबार समय २ घन्टा घटाएको हो ।
श्रीलंकामा नियमित रुपमा साढे ४ घन्टा सेयर कारोबार हुुने गरेकोमा ब्रोकरहरुको आग्रहमा सीएसईले २ घन्टा कारोबार समय घटाएको हो । कारोबार समय घटाएपछि बिहीबार खुलेको सेयर बजारमा निरन्तर गिरावट आएपछि ३० मिनेटका लागि कारोबार स्थगित गरियो ।यससँगै दुई दिनमा तेस्रोपटक कारोबार स्थगित भएको हो ।
आर्थिक संकटका कारण सीएसई इन्डेक्स ४।२१ प्रतिशतले घटेको छ । जुन सन् २००८ पछिकै सबैभन्दा खराब त्रैमासिक प्रदर्शन हो । श्रीलंकाको एक्सचेन्ज डेटाका अनुसार विदेशी लगानीकर्ताले ४२६।६ मिलियन श्रीलंकन रुपैयाँबराबरको सेयर बिक्री गरेका छन् ।
कुल कारोबार रकम २.३२ बिलियन श्रीलंकन रुपैयाँ रहेको छ । थर्मल प्लान्टका लागि इन्धन अभाव भएपछि श्रीलंकामा १३ घन्टा विद्युत कटौती भइरहेको छ ।
प्रतिक्रिया