काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा विभिन्न ५ कम्पनीको सेयरमुल्य समायोजन भएको छ । सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, अपि पावर, साल्ट ट्रेडिङ्ग कर्पोरेशन र आरम्भ चौतारी लघुवित्तको सेयरमुल्य समायोजन भएको हो ।
सिद्धार्थ इन्स्योरेन्स
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ९१ रूपैयाँ ३० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार २५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ४३ रूपैयाँ २४ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ८ सय २५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
अपि पावर
नेप्सेमा अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले हकप्रद जारी गर्नको लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले कारोबार बन्द हुनुभन्दा अघि कायम शेयरमूल्य ४६६.९० रुपैयाँका आधारमा हकप्रद जारी पछिको शेयरमूल्य ३६३ रुपैयाँ २७ पैसा कायम गरेको हो ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन
नेप्सेमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ४ हजार ६ सय ८३ रूपैयाँ ६४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ हजार एक सय ५२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
आरम्भ चौतारी लघुवित्त
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको १९.६२ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार एक सय १६ रूपैयाँ ८६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ३ सय ३६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया