जापानको विभिन्न कम्पनीका लागि नेपाली पुरुष महिला कामदारको माग, मासिक तलब एक लाख ८० हजार बढि

३ बर्ष अगाडि

काठमाडौं - जापानले नेपाली कामदारको माग गरेको छ । जापानको विभिन्न कम्पनीहरूले १६ जना पुरुष र २० जना महिला गरी जम्मा ३६ जना नेपाली कामदारको माग गरेको हो ।  

कामदारले हप्तामा ५ दिन  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले मासिक तलब एक लाख ८० हजार बढी पाउनेछ । खान व्यवस्था कामदार आफैले गर्नुपर्ने छ भने बस्ने व्यवस्था कम्पनीले नै गरिदिनेछ । इच्छुक कामदारले Oxon International Pvt. Ltd. प्रालिको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा सम्पर्क गर्नु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र  भिसा शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै भिसा शुल्क,  हवाई टिकट, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया