एक कम्पनीको आईपीओसहित ७ कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा विभिन्न ७ कम्पनीको शेयर सूचिकृत भएको छ । एक कम्पनीको आईपीओ दई बैंक तीन वटा लघुवित्त र एक इन्स्योरेन्स गरी जम्मा ७ वटा कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएको हो । 

१. नेष्डो समृद्ध लघुवित्त 
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको आइपीओ एनइएसडिओ सिम्बोलबाट नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १०० रुपैयाँ अंकित दरको २५ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत भएको छ । कम्पनीले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेपश्चात् नेप्सेमा सूचीकृत भएको हो ।

२. नबिल बैंक
नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस बापतको ४ करोड ६५ लाख १७ हजार ३ सय ५५.८९ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ ।

३. एक्सेल डेभलपमेन्ट बैंक
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको ९ लाख ७३ हजार ३ सय ४५.४६९७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ ।

४. सबैको लघुवित्त
सबैको लघुवित्तको ६ लाख ३९ हजार ७२७.५० कित्ता बोनस सेयर नेप्सेमा  सूचीकृत भएको छ । लघुवित्तले ३१.०५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

५. स्वाभिमान लघुवित्त
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२.३० प्रतिशत बोनस बापतको २ लाख ९७ हजार ३ सय २१.५० कित्ता शेयर गरी कुल ५ करोड बढी कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । 

६. आरएमडिसी लघुवित्त
नेप्सेमा आरएमडिसी लघुवित्तको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको २० लाख ६८ हजार ४४३.८८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो । 

७. एसिन लाइफ
एसिन लाइफको ५२ लाख ९० हजार ७४२.७२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो 

४ बर्ष अगाडि

प्रतिक्रिया