कामाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन ।
बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र बीमा सर्भेयर संघ, नेपालका पदाधिकारीहरूसँग बिहिबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो भनेका हुन् ।
अध्यक्ष सिलवालले भने, “बीमा सर्भेयरबाट समयमै क्षतिको मूल्याङ्कन भयो र बीमा कम्पनीबाट पनि समयमा नै बीमा दाबीको भुक्तानी भयो भने बीमा बजारमा विश्वास बढ्छ र बीमाको दायरा समेत बढ्छ ।”
आगामी १० वर्षमा वित्तीय क्षेत्रमा बीमा क्षेत्र सवभन्दा अगाडि हुने उल्लेख गर्दैै अध्यक्ष सिलवालले देशका हरेक नागरिकले बीमाबाट प्रतिफल पाउन सकून् र बीमा जोखिमको बेलाको साथी बनोस् भनेर बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन र त्यस अनुसार प्रदेश तथा स्थानीय तहमा बीमा नीति निर्माण गर्न पहले गरे अनुसार त्यसले सार्थकता पाउन थालेको बताए ।
प्रतिक्रिया