काठमाडौं - गरिमा क्यापिटलले साधारण सभा बोलाएको छ । कम्पनीले छैठौं बार्षिक साधारण सभा बैशाख ९ गते शुक्रबारका लागि बोलाएको हो ।
सभा पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठमा हुने छ । सभामा आर्थिक बर्ष २०७७/०७८ को संचालक समितिको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरिक्षक नियुक्त गरि पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।
संस्थापकबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ संचालक निर्वाचन गर्ने, २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजीको १५.६५ प्रतिशतले हुन आउने रकम १ करोड ८४ लाख ८३ हजार ८९५.९३ नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने बिषयहरु रहेका छन् ।
त्यस्तै कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार एवं सामूहिक लगानी कोषको डिपोजिटरीको रुपमा समेत कार्य गर्नको निमित्त कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरु थप संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।
प्रतिक्रिया