काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडको १ लाख ४९ हजार २०१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
बैंकले विभिन्न ७ जना सदस्यहरुको नाममा रहेको उल्लेखित शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरीदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।
प्रतिक्रिया