पेट्रोलको मूल्य घटेर आउँदा डिजेल, मट्टितेल, हवाई इन्धन, ग्याँसको मूल्य बढ्यो

४ बर्ष अगाडि

अप्रिल १ को लागि इन्डियन आयल निगमले नयाँ मूल्य पठाएको छ । पठाएको नयाँ मूल्य सूची अनुसार आयल निगमलाई पाक्षिक ५ अर्ब २१ करोड घाटा हुने देखिएको छ ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलमा १.४८ रुपैयाँ घटेर आएको छ भने डिजेलमा ०.०२ रुपैयाँ, मट्टितेल २२‍‍.१९ रुपैयाँ, हवाई इन्धन ४‍.२३ रुपैयाँ र एलपी ग्याँसमा प्रति सिलिन्डर २७३‍.३८ पैसा बढेर आएको छ ।

हाल निगमले पेट्रोल १५५, डिजेल १३८, मट्टितेल १३८, हवाई इन्धन (आन्तरिक तर्फ) १५१ रुपैयाँ र हवाई इन्धन (बाह्यतर्फ) १.४९५ डलरमा बिक्री गर्दै आइरहेको छ । 

एलपीजी ग्यास भने १५ सय ७५ रुपैयाँमा बिक्री गरिरहेको छ । निगमको हालको मूल्यमा विक्री गर्दा निगमलाई एलपीजी ग्याँसमा सबैभन्दा बढी प्रति सिलिन्डर ९ सय ५३ रुपैयाँ ६६ पैसा घाटा रहेको छ भने पेट्रोलमा २७.०७, डिजेलमा ३२‍.१७ रुपैयाँ प्रति लिटर घाटा रहेको छ । 

अहिलेको मूल्यमा सरकारले मट्टितेलमा १.९९, हवाई इन्धनमा आन्ततरिक तर्फ १२.८४ पैसा र बाह्यतर्फ ६१.७३ पैसा नाफा रहेको छ । निगमनको समग्र अवस्था मूल्याकंन गर्दा १५ दिनमा निगमलाई ५ अर्ब २१ करोड घाटा हुने देखिएको निगमनले जनाएको छ । 

चालु आर्थिक वर्षमा मात्रै निगमनले ३२ अर्ब नोक्सानी व्यहोरिसकेको छ भने पछिल्लो मूल्य सूची अनुसार निगमलाई मासिक १० अर्ब भन्दा बढी घाटा हुने देखिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया