काठमाडौं, यस साता नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक ६९ अंकले घटेको छ । नेप्से परिसूचक गत साता २६१३.६७ को विन्दुमा बन्द भएको थियो भने यो साता बजार घटेर २५४४.३ को विन्दुमा बन्द भएको छ। समग्रमा यो साता शेयर बजारमा ६९.३७ अंकको गिरावट आएको हो ।
यो साता शेयर बजारमा ५ दिन कारोबार भयो। कारोबारको ५ दिन मध्ये शेयर बजार ४ दिन घट्यो भने १ दिनमात्र बढ्यो।
कारोबारको पहिलो दिन आइतबार बजार ४१.४१ अंकले घट्यो भने दोस्रो दिन सोमबार पनि बजारमा ३०.४३ अंकको गिरावट आयो। कारोबारको तेस्रो दिन मंगलबार पनि १४.३३ अंकले घटेको बजार चौथो दिन बुधबार भने ४०.६७ अंकले बढेर बन्द भयो। साताको अन्तिम कारोबार दिन बिहीबार पुनः बजार २३.९५ अंकको गिरावटका साथ बन्द भएको छ।
यो साता नेप्से सूचक घटे पनि कारोबारमा भने सामान्य बढोत्तरी भएको छ। अघिल्लो साता लगभग १२ अर्ब २७ करोड रुपैयाँबराबर कारोबार भएकोमा यो साता थोरै बढेर १३ अर्ब १ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
प्रतिक्रिया