काठमाडौ – दोस्रो बजारमा जलविद्युत् कम्पनीको शेयरले आधारभूत मूल्य भन्दा माथिको यात्रा तय गर्न सकिरहेको छैन । बजार निरन्तर ओरालो लागिरहेको बेला अधिकाशं कम्पनीको शेयरमा समस्या मात्रै छैन, लगानीकर्ताको ठूलो रकम समेत डुबेको छ ।
विगतमा राम्रो आम्दानी भएका कम्पनी समेत यतिखेर सस्तोमा समेटिएका छन् । जसका कारण लगानीकर्तामा चरम रुपमा निराशा पैदा भएको छ । माथिल्लो तामाकोशीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपछि एकाध दिन बजारमा उल्लास छाएको थियो । तर पछिल्लो दिनमा सो कम्पनीको शेयरमा समेत गिरावट आएपछि अवस्था उस्तै दुरुस्तै हुन पुगेको छ ।
शेयर लगानीकर्ताले नराम्ररी घाटा खाइरहेको बेला पछिल्लो दिनमा साधारण शेयर ९आइपिओ० समेत बिक्री नहुने अवस्थामा पुगेको छ । दोस्रो बजार निरन्तर ओरोलो लागनु, जलविद्युत् कम्पनीको पे व्याक पिरियड औसतमा आठ वर्ष हुनु जस्ता कारणले गर्दा जलगानीकर्ताको निराशा बढ्दै गएको छ । कुनै समय ३३०० रुपैयाँको हाराहारीमा पुगेको चिलिमे जलविद्युत् कम्पनीको शेयर समेत रु ५०० को आसपासमा रहन पुगेको छ । यस्तै कुनै समय अपि पावर कम्पनीको शेयर समेत ७०० माथि पुगेको थियो । यस्तै सरकारी लगानी समेत रहेको बुटवल पावर कम्पनीको शेयर समेत घटेको छ । सो कम्पनीले ५०१ रुपैयाँमा थप निष्काशन बिक्री गरेको थियो । तर सो कम्पनीको शेयरले समेत यतिखेर लगानीकर्तालाई नराम्ररी डुबाएको छ ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २४ कम्पनी मध्ये एकाधको मात्रै शेयरको अवस्था राम्रो रहेको तर अधिकाशं कम्पनीको शेयर साधारण शेयरको मूल्यको आसपासमा नै रहेको छ । राम्रो फाइदा हुने लक्ष्यका साथ लगानी गरेका लगानीकर्तालाई जलविद्युत् कम्पनीको शेयर नखाँउ भने दिनभरीको शिकार खाऊ भने कान्छा बाऊको अनुहार जस्तै हुन पुगेको छ ।
पछिल्लो पटक स्टक, नेवपाल धितोपत्र बोर्डले शेयर खरिदमा अनिवार्य प्यानको व्यवस्था गरेका कारण पनि पुनः बजार ओरालो लाग्ने अवस्था पुगेको छ ।
पछिल्लो दिनमा दोस्रो बजार मात्रै होइन पहिलो बजारमा समेत लगानीकर्ताले जलविद्युत् कम्पनीका शेयर खरिद गर्न छाडेका छन् । शिवश्री हाइड्रो पावर कम्पनीले केही दिन पहिले साधारण शेयर बिक्री सुरु गर्यो । आयोजना प्रभावित सिन्धुपाल्चोकबासीलाई बिक्री गरिएको साधारण शेयरमा लगानीकर्ताले चासो देखाएनन् । किनकी जलविद्युत् कम्पनीका शेयरबाट फाइदा हुँदैन भन्ने देखिएपछि लगानीकर्ताले शेयर खरिद गरेका छ्रनैन् । कम्पनीले पहिलो चरणमा जारी पूँजीको दश प्रतिशतले हुने आइपिओ बिक्री गरेको थियो । कम्पनीको रु एक अर्ब ४७ करोड ६४ लाख बराबर चुक्ता पूँजी रहेको छ ।
कम्पनीले सिन्धुपाल्चोकमा २२।२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो कम्पनीले न्यूनता ५० कित्ता र अधिकतम ७ हजार ३८० कित्ता बराबरको शेयर आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । यही माघ ११ गतेसम्म बिक्री गर्ने सीमा तय गरिएको सो कम्पनीको शेयर बिक्री नभएपछि सात दिनको म्याद थप गरिएको छ ।
सो कम्पनीको वित्तयि अवस्था कमजोर भएको भन्दै इक्रा नेपालले ग्रेड चार दिएको थियो ।
यस्तै युनिभर्सल पावरको समेत साधारण शेयर बिक्री भएको छैन । कम्पनीले आयोजना प्रभावितलाई बिक्री गरेको साधारण शेयरमा कम आवेदन परेपछि दोस्रो पटक म्याद थप गरेको छ । गत पुस २९ गतेसम्म मात्रै आवेदन दिन पाउने व्यवस्था भएपनि माघ ६ गते नै पुनः म्याद थप गरेर आजसम्मका लागि समय तोकिएको थियो । आजसम्म पनि कम्पनीको साधारण शेयर बिक्री हुन सकेको छैन । जसका कारण कम्पनीले पुनः म्याद थप गर्ने तयारी गरेको छ । हालसम्म दुई हजार ५९२ जनाले मात्रै आवेदन दिएका छन् ।
यो कूल १३।५७ प्रतिशत मात्रै हो । कम्पनीले गत पुस १५ गतेदेखि साधारण शेयर बिक्री गरेको थियो । कम्पनलिे दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले २ करोड ८५ लाख बराबरको साधारण शेयर बिक्री गर्न लागेको थियो । सो कम्पनीको पनि वित्तीइ अवस्था खराब रहेको भन्दै इक्रा नेपालले ग्रेड चार रेटिङ गरेको थियो ।
प्रतिक्रिया