फिल्म ‘आरआरआर’को कमाई आक्रामक बन्दै,विश्वभरबाट ७ सय करोडको आँकडा पार
काठमाडौं, गत हप्ता प्रदर्शनमा आएको फिल्म ‘आरआरआर’ले आक्रमक कमाई गरेको छ ।
एसएस राजामौली निर्देशित साउथ इन्डियन फिल्म ‘आरआरआर’को हिन्दी भर्सनमा मात्र प्रदर्शनको ७ दिनमा १ सय ३० करोडमाथिको कमाई गरिसकेको छ भने विश्वभरबाट ७ सय करोडको आँकडा पार गर्न सफल भएको छ ।
५ सय ५० करोडको लागतमा निर्माण भएको फिल्मले प्रदर्शनको सात दिनमा विश्वभरबाट ७ सय ९ करोड ३६ लाखको व्यापार गरेको ट्रेड एनालिस्ट मनोबाला विजयबालनले ट्रविटरमार्फत् जानकारी दिएका छन् ।
फिल्मले पहिलो दिन विश्वभर २ सय ५७ करोड १५ करोडको सानदार ओपनिङ गरेको थियो ।
फिल्मको लाइफटाइम बिजनेस १५ सय करोड करोड पुग्ने अनुमान गरिएको छ । यो फिल्मले एसएस राजामौलीको अघिल्लो फिल्म ‘बाहुबली २’ को लाइफटाइम कलेक्सनलाई समेत उछिन्ने देखिन्छ । भारतमा अहिलेसम्म सबैभन्दा बढी कमाई गर्ने टप ५ फिल्मको लिस्टमा दोस्रो स्थान बनाएको ‘आरआरआर’ले
हिन्दी, तमिल, तेलुगू, कन्नड र मलयालम भाषामा एकसाथ रिलिज भएको यस फिल्ममा साउथ सुपरस्टार राम चरण र एनटीआर जूनियरका अलावा बलिउडको प्रतिनिधित्व गर्दै अजय देवगन र आलिया भट्टले अभिनय गरेका छन् ।
प्रतिक्रिया