नेप्सेको सर्भर ह्याक, लाखौँ लगानीकर्ता चिन्तित

४ बर्ष अगाडि

काठमाडौं,नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सर्भर ह्याक भएको छ ।

आज शुक्रबार कारोबार बन्द रहे पनि नेप्सेको सर्भर ह्याक भएको नेप्से स्रोतले जनाएको छ । नेप्से स्रोत अनुसार अहिले नेप्सेमा रहेका डाटाहरूमा भने त्यस्तो केही असर नभएको बताएको छ । नेप्सेले जति सक्दो चाँडो आफ्नो डाटाहरू सुरक्षित राख्ने प्रयास गरेको छ ।

बिहान ११ बजे तिर सर्भर ह्याक भएको कुरा थाहा भने पनि को-कसले यस्तो कार्य गरेको भनेर चाँहि अहिले सम्म पत्ता लाग्न सकेको छैन् । 

सर्भर ह्याक भएसँगै लाखौँ लगानीकर्ता चिन्तित भएका छन् । अहिले सानो भन्दा सानो रकम लगानी गर्ने लगानीकर्ता पनि रकम डुब्ने कुरामा चिन्तित रहेका छन् । 

(नोट : आज अप्रिल १ । यस दिनलाई ‘अप्रिल फुल’ भनेर मनाइने गरिन्छ। यस दिन मानिसहरूलाई विभिन्न गतिविधि गरेर झुक्याउने चलन चल्दै आएको छ। त्यसैले यो समाचारमा पनि कुनै सत्यता छैन। केवल रमाइलोका लागि यो समाचार तयार पारिएको हो। यो समाचारले पर्न गएको असुविधाप्रति हामी हाम्रा पाठक र नियामक निकायसँग क्षमा याचना गर्छौ ।) 

४ बर्ष अगाडि

प्रतिक्रिया