प्रतिद्वन्दी बिनय बस्नेतलाई पराजित गर्दै नाट्टाको अध्यक्षमा रमेश थापा बिजयी

४ बर्ष अगाडि

काठमाडौं - नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा रमेश थापा बिजयी भएका छन् । विहीबार सम्पन्न चुनावको मतपरिणाम अनुसार उनले प्रतिद्वन्दी बिनय बस्नेतलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन ।

थापा समूह र बस्नेत समूह गरी दुई प्यानलमा चुनावी भिडन्त भएकोमा अधिकांश पदमा थापा समूहबाट उम्मेदवारी दिने पदाधिकारीले जित हासिल गरेका छन् भने बस्नेत समूहबाट सहकोषाध्यक्ष र एक सदस्य पदमा मात्रै जित हासिल भएको छ ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा थापा समुहका प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा विजयी भएका छन्।

सहकोषाध्यक्षमा भने वस्नेत समुहका गीता ढकाल विजयी भएकी छन्। कार्यसमिति सदस्यमा पनि वस्नेत समुहका एकजना बाहेक बाकी थापा समुहकै विजयी भएका छन् । बस्नेत समूहबाट सदस्यमा विष्णु पाण्डे विजयी भएका हुन । 

बाँकी सदस्यहरुमा थापा समूहका ढकनाथ काफ्ले, नमराज भेटवाल, पर्शुराम घिमिरे, रामशोभित नायक, सबला भण्डारी, डेण्डी शेर्पा र श्रद्धा जोशी  विजयी भएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया