भिभोले रगं परिवर्तन हुने ग्लास विशेषताको फोन ल्याउँदै

३ बर्ष अगाडि

काठमाडौं, इन्डस्ट्री लीकको अनुसार भिभोले भि श्रृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भि२३ फाइभजी चाँडै नै नेपाली बजारहरूमा उपभोक्ताहरूका लागि उपलब्ध हुनेछ । टिपस्टरहरूले भि२३ फाइभजी विशिष्ट रगं परिवर्तन हुने ग्लास डिजाइन र फाइभजी कनेक्टिभिटी साथ आउनेछ भन्ने खुलासा गरेका छन् । भि श्रृंखलाका फोन भएकाले सेल्फी क्यामेरा यसको प्रमुख फोकस क्षेत्र हुनेछ । यो उपकरण सबै फोटोग्राफी र भिडियोग्राफी प्रेमीहरू, डिजिटल सामग्री सिर्जनाकर्ताहरू र भ्लगरहरूका लागि उपयुक्त हुनेछ ।

हल्ला अनुसार भिभो भि२३ फाइभजी अगाडिको प्यानलमा उत्कृष्ट ५० एमपी अटोफोकस पोट्रेट सेल्फी सुविधाको साथ सुसज्जित हुनेछ । उद्योगको अग्रणी फ्रन्ट क्यामेरा भएको यस स्मार्टफोनले स्पष्ट, स्थिर र उज्यालो तस्बिर मात्र नलिएर यसको शिष्ट कार्यसम्पादनले फोटोग्राफरको मज्जा पनि थप्नेछ । भिभोले पहिले नै मोबाइल फोटोग्राफीलाई समर्थन गर्ने ब्रान्डको रूपमा आफूलाई स्थापित गरिसकेको छ, त्यसैले आगामी भि सिरिजको स्मार्टफोनले उपभोक्ताहरूमाझ हलचल मच्चाइरहेको छ । भि२३ फाइभजीले ब्रान्डलाई स्मार्टफोन उत्साहीहरूका बीच यसको अद्भूत विशेषताले गर्दा अग्रगामीको रूपमा स्थान दिनेछ भन्ने हल्ला बजारमा चलिरहेको छ ।

यसबाहेक, भिभोले पछाडिपटि अद्भुत रङ परिवर्तन हुने ग्लास फिचर गरेको छ जसले उपकरणलाई ग्राहकहरूको लागि आकर्षक वस्तु बनाएको हल्ला छ । कोही भन्छन् कि यसको रुप–रंग एक साँचो दृश्य आनन्द हुनेछ जसले स्मार्टफोन डिजाइनको कथालाई रूपान्तरण गरेको छ । ब्रान्डले वास्तवमै यस गोर्जस स्मार्टफोनमा सबैभन्दा स्टाइलिश सुविधाहरू ल्याइरहेको छ । स्मार्टफोनले प्रयोगकर्ताको व्यक्तित्व झल्काउने भएकाले भिभोले राम्रो देखिने उपकरणको आवश्यकतालाई महसुस गरेको छ ।

हालसम्म, भिभोको आगामी स्मार्टफोनको बारेमा यति मात्रै खुलासा भएको छ । भि२३ फाइभजीले उच्च स्तरको फ्रन्ट क्यामेरा प्रणालीको साथ मोबाइल फोटोग्राफीको भविष्यलाई उत्थान गर्न गइरहेको छ । यो स्मार्टफोनले सबैको ध्यान तान्नेछ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया