तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ भोलीबाट सुरु, दैनिक १० चुल्हो वितरण

३ बर्ष अगाडि

काठमाडौं - तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ गते शनिबारदेखि सुरु हुने भएको छ । शनिबार बिहान विद्युतीय सवारी साधनको र्‍याली सकेर उद्घाटन हुने एक्स्पोका अवलोकनकर्तालाई दैनिक १० वटा इण्डक्सन चुल्हो वितरण गरिने भएको छ ।

यसअघि चैत १८ देखि २० गतेसम्म आयोजना गर्ने तयारी गरिएको एक्स्पो चैत १८ मा घोडेजात्रा परेका कारण एक दिनपछि सारिएको हो । कार्यक्रमस्थल भृकुटीमण्डप वरपर सुरक्षा निकायले यातायातका साधन प्रवेश तथा नियन्त्रण गर्ने भएका कारण तालिका सारिएको आयोजकले जनाएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा हुन लागेको एक्स्पो राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

एक्स्पोको पहिलो दिन शनिबार बिहान ७ बजे विद्युतीय सवारी साधनको र्‍याली आयोजना हुने भएको छ । विद्युतको आन्तरिक बजारलाई प्रवद्र्धन गर्न र विद्युतीय सवारीसाधनसम्बन्धी सरकारको विशेष नीतिका लागि ध्यानाकर्षण गराउनका लागि उक्र्त याली आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया