स्वाभिमान लघुवित्तको बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा, कति प्रतिशत दिएको थियो ?

४ बर्ष अगाडि

काठमाडौं, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरेको छ । 

कम्पनीको पुस ८ गते सम्पन्न साधारण सभाबाट पारित भएको ३२.३० प्रतिशत शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि मंसिर २३ गते बुक क्लोज गरेको हुदाँ मंसिर २२ गतेसम्म भौतिक शेयर धारण गरेका शेयरधनीको डिम्याट खातामा उक्त बोनस शेयर चैत १५ गते जम्मा गरेको कम्पनीले जनाएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया