काठमाडौं - नेपालमा वैशाख १ गते दक्षिण भारतीय फिल्म यश स्टारर ‘केजीएफ’को दोस्रो श्रृंखला रिलिज हुने तयारीमा रहेको छ । उक्त फिल्मले नेपाल वितरण अधिकारको मूल्य ३ करोड २० लाख रुपैयाँ प्रस्ताव गरेको छ ।
फिल्मको हिन्दी संस्करणको वितरणलाई अहिले फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्टले हेरिरहेको छ । एक्सेलले नेपाली वितरकलाई प्रस्ताव गरेको उक्त मूल्य कुनै विदेशी फिल्मले गरेको कीर्तिमानी रकम हो ।
यश, रविना टण्डन र सञ्जय दत्तको मुख्य अभिनय रहेको ‘केजीएफ च्याप्टर २’ नेपालमा समेत प्रतिक्षित छ । यसको पहिलो श्रृंखलाले नेपालमा राम्रो कमाइ गरेको थियो । ४८ लाखमा ल्याइएको भनिएको साउथ फिल्म ‘पुष्पा’ले नेपाली बक्स अफिसमा १० करोडभन्दा बढी ग्रस कमाइ गरेको थियो ।
।
प्रतिक्रिया