काठमाडौं - काठमाडौंको चोभार सुख्खा बन्दरगाहमा नेपाल बैंकको राजस्व संकलन काउन्टर सञ्चालन हुने भएको छ ।
बैंकको काउन्टर स्थापना गरी भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम संकलन गर्नेसम्बन्धी नेपाल बैंक र भन्सार विभागबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
भन्सार विभागका तर्फबाट महानिर्देशक कमलप्रसाद भट्टराई र नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बिहीबार भन्सार विभागमा आयोजित एक समारोहमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्रमा भन्सार विभागको आवश्यकताअनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलनको कार्य सञ्चालन गर्नेछ ।
प्रतिक्रिया