लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्न सन नेपाल लाईफले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काडमाडौं - सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । सभा बैशाख ९ हायात प्लेस, ताहाचल काठमांडौमा अपराह्न्न ४ बजे सुरु हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साथै सभाले कम्पनीको चुक्ता पूँजी बृद्धिको प्रस्ताव समेत पारित गर्नेछ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले २५ चैत्र बुक क्लोज गर्नेछ । यसअनुसार २४ चैत्रसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया