काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले छैटौँ र सातौँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
बैंकले बिहीबारबाट मोरङ जिल्लाको पथरी शनिश्चरे–९ को आरके मोबाइल सर्भिस सेन्टरमा छैटौँ शाखारहित बैंकिङ सेवा र लेटाङ–९ मदनचोक को एबी मेडिकल हलमा सातौँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलीप कुमार राईले आरके मोवाइल सर्भिस सेन्टरमा र लेटाङ–९ का वडाअध्यक्ष कृष्ण लुइँटेलले एबी मेडिकल हलमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा सुरु गरेका हु न्।
कार्यक्रममा बैंकका तर्फबाट प्रदेश प्रमुख खिमलाल भुसाल, बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो ।
प्रतिक्रिया