प्रधानमन्त्री शेरबहादुर देउवा जम्बो टोलीसहित आजबाट भारतको औपचारिक भ्रमण जाने भएका छन् ।
आफ्ना नेता, कार्यकर्ता, पत्रकार, व्यवसायी, विभिन्न मन्त्रालयका कर्मचारीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै उनी दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दैछन् ।
पाँचौं पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो भारत भ्रमण हो । तीन दिने भ्रमणका लागि भारत भ्रमणमा जान लागेका देउवाले आफ्नो भ्रमणका एजेण्डाहरु सार्वजनिक गरेका छैनन् ।
भारत बसाइको क्रममा देउवाले द्विपक्षीय हित, सहयोग अभिवृद्धि लगायतका विषयमा भारतीय पक्षसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतसँग मुख्य समस्याको रुपमा रहेको सीमा विवाद, चर्को व्यापार घाटा छन् ।
प्रतिक्रिया