काठमाडौं - गरिमा विकास बैंकको साधारण सभा आज बस्दैछ । सभा होटल पोखरा ग्राण्ड पोखरामा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।
सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १६ प्रतिशत बोनस दिने प्रस्ताव पेश गर्दैछ । बैंकले सहारा विकास बैंकलाई प्राप्ति गरेपश्चात कायम चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँबाट बोनस सेयर घोषणा गरेको हो ।
यसैले बैंकले ६३ करोड १७ लाख ९ हजार २९६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यसमा कात्तिक २८ गतेसम्म कायम सेयरधनीलाई कर छुट हुने छ भने त्यसपछि सेयर खरिद गर्ने लगानीकर्ताले नियमअनुसार कर तिर्नुपर्छ ।
त्यस्तै, ५१ प्रतिशत संस्थापक सेयर स्वामित्व हुनुपर्ने व्यवस्था अनुसार अपुग १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभा प्रयोजनका लागि बैंकले चैत ४ गतेदेखि बुक क्लोज गरेको छ । चैत ३ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
प्रतिक्रिया