आज सार्वजनिक बिदा, आज र भोली आरटीजीएस प्रणाली सुचारु रहने

४ बर्ष अगाडि

काठमाडौं - घोडेजात्राका अवसरमा आज शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । 

आज सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै आरटीजीएस प्रणालीमा नर्मल बिजनेस डे सञ्चालन जनाएको छ । 

यसैगरी सूचनामा शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने जनाइएको छ । यो दिन विकास ऋणपत्र २०८३ को १२ औँ किस्ता अर्धवार्षिक ब्याज भुक्तानीका लागि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहने सूचनामा जानकारी गराइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया