कुबेतको एक कम्पनीमा १०० जना महिला कर्मचारीको माग, हवाई टिकट पनि निशुल्क

३ बर्ष अगाडि

काठमाडौं- कुबेतको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली महिला कामदारको माग गरेको छ । कुबेतको शुवाख सहरमा रहेको WAEL AL.NUSIF TRADING & CO.WLL ले १०० जना महिला  कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३३ हजार बढी पाउनेछ । इच्छुक कामदारले हेभन ओभरसिज प्रा.लि. काठमाडौंमा चैत्र २४ गते अन्तरवार्ता दिनुपर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया