रियलमीद्वारा “१०० डेज रिटेलर स्किम” विजेताहरुको घोषणा

३ बर्ष अगाडि

काठमाडौं, विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको रियलमी स्मार्टफोन ब्रान्डले आफ्नो १०० डेज रिटेलर स्किमको विजेताहरुको घोषणा गरेको छ । यो स्किम नेपालभरि रहेका १००० भन्दा बढी रियलमी ब्रान्डको रिटेलरहरु बीच १०० दिन चलेको थियो । विजेताहरुलाई विभिन्न आकर्षक उपहारहरु चैत्र ९ का दिन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो । सेप्टेम्बर २१, २०२१ देखि चलेको यो स्किम डिसेम्बर २१, २०२१ मा अन्त्य भएको थियो । 
 
सबै विजेता रिटेलरहरुलाई उक्त कार्यक्रममा उपहारहरु वितरण गरिएको थियो । ए२जेड मोबाइल्स्, नारायणघाटले प्रोटोन सागा कार जितेको थियो । श्री मुनिस गिरी, रियलमी नेपाल प्रमुख, दीपक नाक्रा, बिक्री निर्देशक, सक्क्षम जाटिया, कार्यकारी निर्देशक, शंकर ग्रुप र सुलभ अग्रवाल, उपाध्यक्ष, शंकर ग्रुपको उपस्थितिमा उपहार वितरण कार्यक्रम गरिएको थियो । 
रियलमी नेपालमा लन्च भए सँगै यो स्किम सबै वितरण च्यानलहरुको लागि खुला गरिएको थियो । यो स्किम लन्च हुँदा रियलमीको चारवटा स्मार्टफोनहरु मात्र नेपाली बजारमा उपलब्ध थिए – रियलमी सी२१, रियलमी सी२०, रियलमी सी११ २०२१, र रियलमी ८ । पहिले कहिल्यै नदेखिएको मूल्य र आक्रामक बजार रणनीतिका साथ यी स्मार्टफोनहरु नेपाली बजारमा ल्याइएका थिए । 

रियलमीको बारेमा
टेक जीवनशैलीमा उच्च गुणस्तरीय सेवा दिन माहिर रियलमी स्मार्ट फोनको क्षेत्रमा ट्रेन्डसेटिङ ब्राण्ड हो । कम्पनीका फाउन्डर स्काई ली र भारतका माधव शेठद्धारा संयुक्त रुपमा सन् २०१८ मे ४ मा आधिकारिक रुपमा यसको स्थापना गरिएकोमा युवा समूहमा प्रविधिको क्षेत्रमा समृद्ध अनुभव कम्पनीसँग छ । युवाहरुका लागि समार्ट र आधुनिक जीवनशैली सिर्जना गर्ने उत्कृष्ट उत्पादनहरु प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई प्रजातान्त्रिक गर्ने प्रतिबद्धता पनि गरेका छन् ।
२०२१ को दोस्रो क्वाटरमा जिटी सिरीज, नम्बर सिरीज, नार्जो सिरीज र सी सिरीज लगायतका एन्ट्री लेभलदेखि फ्लागशिप खण्डहरु सम्मको समग्र स्मार्टफोन पोर्टफोलियोका साथ रियलमी विश्वको नम्बर ६ स्मार्टफोन ब्रान्ड बनेको छ । 

काउन्टरपोइन्ट रिसर्चका अनुसार : भारतीय बजारमा छन् लयाउने रियलमी पहिलो फोन हो, २०१९ फेब्रुअरीमा रियलमी ह्छण् एचय छन् र दोस्रो क्वाटर २०२१ मा २३ प्रतिशत शेयरका साथ भारतको शीर्ष छन् स्मार्टफोन ब्रान्ड बनेको छ । रियलमीले ज्ञ छ त् रणनितिद्धारा रियलमी टेकलाइफ ईकोसिस्टमको शुरुवात गरेको छ ,जुन स्मार्टफोनमा केन्द्रित छ र स्मार्ट लाइफको ५ श्रेणीहरु स्मार्ट टिभी, वेरबल्स, टिडब्लुएस, ल्यापटप, ट्याब्लेटहरु र रियलमी टेकलाइफ ब्रान्डका ३ श्रेणीहरु स्मार्ट लाइफ केयर, स्मार्ट मनोरञ्जन र स्मार्ट जडानका उत्पादनहरुमा विस्तार गरिएको छ । रियलमीले ‘रियलमी टेकलाइफ इकोसिस्टमलाई’ समृद्ध बनाउन थप नवीन प्रविधि उत्पादनहरुमा विकास गर्दै आएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया