६७-७९ हजार मासिक तलबसहित रोमानियामा महिला र पुरुष गरी १०० कर्मचारी माग, सुविधा के के ?

३ बर्ष अगाडि

काठमाडौं, रोमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली महिला र पुरुष कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको INTERNATIONAL WORK FINDER SRL,BUCHARES ले ८०  जना पुरुष र २० जना महिला गरी १०० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ६७ हजार देखि ७९ हजार बढी पाउनेछ । इच्छुक कामदारले बाईज ईण्टरनेशनल नेपाल प्रा.लि.धापासी,बसुन्धारा काठमाडौंमा चैत्र २४,२५ र २६ गते अन्तरवार्ता दिनुपर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैँले बेर्होर्नु पर्नेछ ।  

यस्तै, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया