४९५१ जनाको परीक्षण गर्दा २५ जनामा संक्रमण,६० हजार बढीले लगाए खोप र कति छन् सक्रिय संक्रमित ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९५१ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ८९ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६५ हजार ३९४ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५१ जनाको ज्यान गुमाइसकेका छन् । 

नेपालमा अहिले १ हजार ८१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै, पछिल्लो २४ घण्टामा ६० हजार २६० जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया