टेलिकमको प्रबन्ध निर्देशकमा ९ जना उम्मेदवारहरुको नाम सार्वजनिक,को–को छन् ?

३ बर्ष अगाडि

काठमाडौं, करिब तीन महिनादेखि रोकिएको नेपाल टेलिकमको प्रबन्ध निर्देशक(एमडी) नियुक्ति प्रक्रियाको लागि बाटो खुलेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एनटीसीको एमडी पदमा दरखास्त दिएका स्वीकृत ९ जना उम्मेदवारहरुको नाम सार्वजनिक गर्दै नियुक्ति प्रक्रिया अगाडि बढाएको हो। छनोटमा परेका उम्मेदवारहरुमा अर्जुनबाबु ढकाल, अमेलन्दु नारायण सिंह, दीपकबहादुर शाही, नगेन्द्रकुमार दास, प्रदीपराज उपाध्याय, बुद्धिप्रसाद आचार्य, सुनिल पौडेल, सुरजसिंह थापा र संगीता पहाडी अर्याल छन्। 

यीमध्ये बुद्धि आचार्य नेपाल टेलिकमकै पूर्वएमडी हुन् भने संगीता पहाडी अर्याल टेलिकममै प्रमुख व्यावसायिक अधिकृत छिन्। 

त्यस्तै एमडीका अर्का उम्मेदवार सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक हुन्। अर्जुनबाबु ढकाल खानेपानी संस्थानका पूर्वमहानिर्देशक हुन्। 

यस्तै टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका पूर्वनिर्देशक अमलेन्दुनारायण सिंह, टेलिकमकै पूर्वकर्मचारी प्रदीपराज उपाध्याय र सुरजसिंह थापा पनि एमडी बन्ने दौडमा छन्। 

यसअघि सुनिल पौडेललाई नै टेलिकमको एमडी बनाउन दरखास्तको मादण्ड परिवर्तन गरिएको भन्दै नियुक्ति प्रक्रिया विवादमा परेको थियो। यो विवाद सर्वोच्च उदालतसम्म पुगेको थियो। यद्यपि सर्वोच्चले नियुक्ति प्रक्रिया अगाडि बढाउन आदेश दिएसँगै मन्त्रालयले छनोट प्रक्रिया अघि बढाएको हो। 

छनोटमा परेका उम्मेदवारहरुको अब व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ। यी दुवै कार्यका लागि मिति पछि जानकारी गराइने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

३ बर्ष अगाडि

प्रतिक्रिया