सिटिजन्स बैंकका ग्राहकलाई भारतस्थित मेदान्त-द मेडिसिटी अस्पतालमा १५ %सम्मको छुट

४ बर्ष अगाडि

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त– द मेडिसिटी अस्पताल बीच छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत सम्म छुट पाउने भएका छन् । 

आज दिल्लीस्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले हस्ताक्षर गरेका छन्। यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ। 

यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौरलगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउनेछन्। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ इकाइबाट १३ लाख ५० हजा भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, आस्बा, ड्राफ्ट, भिसा डेबिटरक्रेडिटरप्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया