काठमाडौं-साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च(नेप्से) दोहोरो अंकले घटेको छ । हिजो बुधबार साढे ४० अंक बढीले बढेको शेयर बजार कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २३.९५ अंकले घटेर २५४४.३० को बिन्दुमा पुगेको हो ।
कारोबारको अन्तिम समयसम्म २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ बराबरको शेयर कारोबार भएको छ ।
सो रकम बराबरको शेयर कारोबार हुदाँ इमर्जिङ नेपालको सर्वाधिक कारोबार भएको हो । कम्पनीले ९ करोड २३ लाख बढीको शेयर कारोबार गरेको हो ।
यस्तै,एभेष्ट इन्स्योरेन्सको ८ करोड ९५ लाख,सिटिजन इभेष्टमेण्टको ७ करोड १५ लाख,नबिल बैंकको ६ करोड ३० लाख,युनियन लाइफ इन्स्योरेन्सेको ४ करोड ८४ लाख बढीको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया