बिहीबार यी ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाए, ३ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च(नेप्से) दोहोरो अंकले घटेको छ । हिजो बुधबार साढे ४० अंक बढीले बढेको शेयर बजार कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २३.९५ अंकले घटेर २५४४.३० को बिन्दुमा पुगेको हो । 

सो अंकले घटेको बजारमा तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको हो । आज इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१ हजार २२४.८० पुगेको हो ।

यस्तै,राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य क्रमश ः १ हजार ३१९.५० र १ हजार ५५.७० पुगेको छ ।

यसैगरी, युनाइटेड इदी मर्दीको ७.९० प्रतिशतले बढेर १ हजार १३३ र बोटर्स नेपाल(तराई)को ५.३० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य १४ हजार ५०० पुगेको छ । 

 


 

४ बर्ष अगाडि

प्रतिक्रिया