एनएलजी इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश पारित, कति पुग्यो चुक्तापुँजी ?

४ बर्ष अगाडि

काठमाडौ,एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित भएको छ । 

कम्पनीको आज सम्पन्न सोह्रौं वार्षिक साधारण सभा सो लाभांश अनुमोदन गरेको हो । सभा आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार काठमाडौं सम्पन्न भएको हो ।

साथै बोनस शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी बृद्धि भई १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुग्ने हुँदा सो सम्बन्धि संशोधन गर्न स्वीकृत गर्ने सभाको पारित गरेको हो । त्यस्तै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७७/०७८ को नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरणका अनुसूचीहरु माथी छलफल गरी पारित समेत गरेको हो ।

आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने समेत सो सभाको विषयसूची पारित भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया