ओपन स्पेस नेटवर्कले (Open Space Network), सबै कानूनी प्रावधानहरु पालना गरी बलियो वृद्धिको सम्भावना र दिगो योजनाको साथ सामाजिक प्रभाव पार्ने गरी व्यवसाय सन्चालन गरीरहेका, ३० वर्ष मुनिका महिला व्यवसायीहरूको पहिचान र सम्मान गर्न,"INGसमूहद्वारा प्रस्तुत समिट वुमन अफ द इयर, २०२२'' आयोजना गर्दैछ।
त्यस्ता युवा व्यवसायी महिलाहरूलाई पुरस्कृत गर्नुको उद्देश्य महिलाहरुको युवा पुस्तालाई नेपालको पितृसत्तात्मक समाजमा विद्यमान सबै अवरोध र यथास्थितिलाई चुनौती दिँदै सृजनात्मक विचारका साथ व्यवसायको नेतृत्व गर्न प्रेरित गर्नु हो।
यस वर्ष नेपालका सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये उत्कृष्ट ३० चुनिएका थिए र ती मध्ये उत्कृष्ट ७ अन्तिम चरणको प्रतियोगिताको लागी छनोट भएका थिए ।
उत्कृष्ट ७ उम्मेदवारहरु
1. Ang Chhechi Sherpa, Lukla Outdoor
2. Isha Balla, Co-Founder/ Managing Director- Khaanpin
3. Kajol Jha Thakur, Co-Founder and Managing Director-Glocal Academy of Skills Pvt. Ltd.
4. Kritika Lamsal, Co-owner-Sweet Fix
5. Sajal Malla, The Malla Inc.
6. Shreeya Giri, Founder/Managing Director -Happyminds
7. Shreya Katuwal, Co-Founder- BiheNepal
निर्णायक मण्डलका हाम्रा चार सदस्यहरु, आईएनजी ग्रुपका संस्थापक एवं अध्यक्ष सुलभ बुढाथोकी, IDE नेपालका कन्ट्री डाइरेक्टर कोरी ओहारा, एब्सोल्युट एस्थेटिक क्लिनिककि संचालक डा. श्रुजना श्रेष्ठ र नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजमकी संस्थापक छाया शर्माले, २२ मार्च २०२२ मा उत्कृष्ट ७ मध्ये एक जना चयन गरेका थिए भने उत्कृष्ट चयन भएकी उम्मेदवारको घोषणा ३१ मार्च २०२२ मा हुनेछ । सो कार्यक्रममा सहभागीहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्दैछन् र उत्कृष्ट महिला प्रतिभालाई रु. १,००,००० को पुरस्कार समेत प्रदान गरिनेछ ।
Main Event Details:
Venue: Heritage Garden, Sanepa, Lalitpur
Time: 1 PM to 5 PM
Date: 31st March 2022 (Thursday)
The event is being organized with the collaboration and support of
Title Sponsor: ING Group
Airlines Partner: Turkish Airlines
Banking Partner: Nabil Bank
Travel Partner: Sealinks Holidays
Two Wheelers Partner: TVS
Investment Partner: Her Ventures
Celebration Partner: Shalimar Jewellers
Creative Partner: Everything Creative
Hospitality Partner: Heritage Garden
Supported By : AYON, iDE Nepal and NYEF
Restaurant Partner: Ageno and Laatokoshero Food
ओपन स्पेस नेटवर्क (OSN), विभिन्न कार्यक्रमहरुको माध्यमबाट 'उत्पादन र उत्पादन', 'उत्पादन र मानिसहर' र 'मानिस र मानिसहरू' बीचको खाडललाई हटाउन कृयाशिल संस्था हो । (OSN) ले युवा उद्यमीहरूलाई प्रोत्साहित गर्न र तिनीहरूको उत्पादन र सेवाहरूको बारेमा जानकारी आदानप्रदान र अन्तरक्रिया गर्न विभिन्न सभासम्मेलन र प्रदर्शनीहरू जस्ता कार्यक्रमहरू सिर्जना र विकास गर्दछ।
प्रतिक्रिया