एजेन्सी - रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि यूरोप तथा अमेरिकासँग गुटबन्दी गरी जापान लगायतका देशहरुले रुसमाथि कडा प्रतिबन्धहरु लगाइरहेका छन् ।
क्रिप्टो तथा डिजिटल मुद्राहरुको कारण ती प्रतिबन्धहरु जति प्रभावकारी हुनु पथ्र्यो त्यति नभएको जापानले बताएको छ ।
रुसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरु प्रभावकारी नहुनुले रुसलाई आक्रमण बढाउन थप सहयोग मिल्ने र यस सम्बन्धी जी-७ अन्तर्गतका सम्पूर्ण देशहरुले एक्यबद्धता जनाउन आवश्यक रहेको जापानी केन्द्रीय बैंकका वरिष्ठ कर्मचारीले जानकारी दिएका छन् ।
जी-७ बलियो अर्थतन्त्र भएका सात राष्ट्र क्यान्डा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाको संयुक्त संगठन हो ।
क्रिप्टोकरेन्सीले विकेन्द्रिकृत भुत्तानी प्रणाली प्रयोग गर्ने र विकेन्द्रिकृत भुक्तानी प्रणालीमा कहाँबाट कसरी कारोबार भइरहेको भन्ने बारेमा पहिल्याउन समस्या देखिएको छ ।
यसै सन्दर्भमा जी-७ देशहरुको जुन २६ बाट सुरु हुने बैठकमा क्रिप्टोकरेन्सी तथा डिजिटल मुद्रा नियमन सम्बन्धी छलफल अघि सार्न जापानले अनुरोध गरेको छ ।
प्रतिक्रिया