हुन्डी कारोबारमा संलग्न अभियोगमा पक्राउ परेका भारतीय अग्रवालविरुद्ध मुद्दा दायर

३ बर्ष अगाडि

काठमाडौं - हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । 

विभागले सात करोड ६० रुपियाँ असुलीको माग दाबीसहित बुधबार उच्च अदालत पाटनमा राजस्व छलीको मुद्दा दायर गरेको हो ।

भारत पश्चिम बङ्गाल, सिलगुडीका अग्रवाललाई फागुन २३ गते नगदसहित प्रहरीले काठमाडौँको ताहाचलबाट पक्राउ गरेको थियो । 

पक्राउपछि अनुसन्धान गर्दा अग्रवालले विमला इन्टरप्राइजेजबाट  कारोबार  गर्दा कानुनबमोजिमको बिजक जारी  नगरी  अर्डर फर्म तथा गैरबिजक जारी  गरी मालसामान बिक्री गर्ने गरेको फेला परेको थियो ।

मिभागले राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन प्रतिकुलका कार्य गरी मूल्य अभिवृद्धि करतर्फ तीन करोड ६० लाख र आयकरतर्फ ६० लाख रुपियाँ छली गरेको जनाएको छ । 

यसअनुसार बिगोबमोजिम दोब्बर गर्दा करिब सात करोड ६० लाख रुपैयाँ असुल गर्नुपर्ने माग गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया