काठमाडौं- राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा ज्ञानेन्द्रराज ओझा नियुक्त भएका छन् ।
चैत १५ गते बसेको संचालक समितिको बैठकले मन्त्रालयमा कार्यरत उप सचिव ओझालाई सिईओको काम कर्तब्य र अधिकार प्रयोग गर्ने अख्तियारी प्रदान गरेको हो ।
कम्पनीले नेप्से मार्फत सूचना प्रकाशित गर्दै मन्त्रालयका उप सचिव (लेखा) ओझालाई सिईओमा नियुक्त गरेको जनाएको हो ।

प्रतिक्रिया