काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि भोलि भारत जाँदै छन् । प्रधानमन्त्रीको भारत भ्रमणमा चार मन्त्री पनि सहभागी हुने भएका छन् । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको हो ।
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा। नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने निर्णय भएको हो ।
यस्तै नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा तीन जना डीआईजीहरु बढुवा भएका छन् । सरकारले पहिलो नम्बरमा डीआईजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्रबहादुर धानुकलाई बढुवा गरेको हो ।
चैत १ गते गृह मन्त्रालयको बढुवा समितिले पन्तले ७४ दशमलव ४३ अंक प्राप्त गरेका छन् भने सिंह र धानुकले क्रमशः ७३ दशमलव १ र ७१ दशमलव ५८ प्राप्त गरेका हुन् ।
बढुवामा सिफारिस भएका डीआईजी पन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिंह केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी० र धानुक कार्य एवम् अनुसन्धान विभागमा कार्यरत थिए। तीन जनालाई बढुवा सिफारिस गरेपछि असन्तुष्ट तीन जना डीआईजी गृहको निर्णय विरुद्ध निर्वाचन आयोगमा पुगेका थिए ।
तर, आयोगले गृहको सिफारिसलाई सदर गर्ने निर्णय गरेपछि सरकारले बढुवा गरेको हो । फागुनको पहिलो साता सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक ९एआईजी० को दरबन्दी थप गर्ने निर्णय गरेको हो ।
हाल नेपाल प्रहरीमा प्राविधिकसहित ६ जना एआईजीको दरबन्दी छ । एआईजीमा हरिबहादुर पाल, प्रधुम्न कार्की, निरजबहादुर शाही, विश्वराज पोखरेल, सहकुल थापा र प्राविधिकतर्फ डा। आशा सिंह कार्यरत छन् ।
अब नेपाल प्रहरीमा एआईजीको संख्या ९ पुगेको छ । नेपाल प्रहरीमा दरबन्दी थप गरेर १६ जनासम्म एआईजी पुगेको रेकर्ड छ ।
प्रतिक्रिया