अन्तिम कारोबारको प्रि ओपन सेसन : २६५ कित्ता शेयर खरिदबिक्री

४ बर्ष अगाडि

काठमाडौं - आज साताको अन्तिम कारोबार दिन विहिबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

अघिल्लो कारोबार दिन बुधबार ४०.६८ अंक बढेर २५६८.२५ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ०.५० अंक बढेर २५६८.७६ विन्दुमा पुगेको हो । 

आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंक बढेको छ । साथै ४ स्टकको २ लाख २६ हजार ९५० रुपैयाँ ५० पैसा बराबरको २६५ कित्ता शेयर खरिदबिक्री भएको छ । 

जसमध्ये ३ वटा स्टकको मूल्य बढेको छ भने एक स्टकको मूल्य भने स्थिर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया