एजेन्सी - भारतमा मोबाइल एप्समार्फत वित्तीय सेवाउपलब्ध गराउँदै आएको पेमि इण्डियाले ६ महिनामा १ लाख १५ हजारभन्दा बढी बीमालेख बिक्री गर्न सफलता पाएको छ ।
व्यक्तिगत कर्जा सुविधा उपलब्ध गराउँदै आएको उक्त कम्पनीले केही महिना अघि मात्रै व्यक्तिगत दुर्घटना बीमालेखको बिक्री शुरु गरेको थियो ।
२०१६ मा स्थापना भएको पेमि इण्डियाले अत्याधुनिक सूचना प्रविधिको प्रयोग गरेर व्यक्तिगत ऋण सेवा प्रवाहको प्रकृया र परिभाषा नै परिवर्तन गरिदिएको छ ।
कम्पनीले भारतीय रिजर्व बैंक (केन्द्रीय बैंक) बाट इजाजत प्राप्त गैर बैंक वित्तीय कम्पनीसँग काम गर्दछ जसले तलबी कर्मचारीलाई वित्तीय संकटको सामना गर्न अग्रिम भुक्तानीरतलबी ऋण प्रदान गर्छन् ।
साथै ग्राहकहरूलाइ पारदर्शीरूपमा वित्तीय उत्पादनहरू प्रस्ताव गरेर सही निर्णय लिन सहयोग गर्छ ।
प्रतिक्रिया