नेपाली सेनाले माग्यो ४ हजार सैन्य, योग्यता कक्षा ८ उत्तीर्ण

३ बर्ष अगाडि

काठमाडौं - नेपाली सेनाले सैन्य पदका लागि भारी संख्यामा नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको छ । 

नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आहवान गरेको हो । 

सैन्य पदमा कुल ४ हजारजना नयाँ भर्ना गर्न नेपाली सेनाले दरखास्त खुला गरेको छ । सैन्द पदमा खुलातर्फ २ हजार ९८ जना, कर्तव्य पालनाको सिलसिलामा अशक्तरमृत्यु भएका नेपाली सैनिकका सन्ततीतर्फ ११० जना, महिलातर्फ ३५८ जना, आदिवासीरजनजातितर्फ ५७२ जना, मधेसीतर्फ ५०५ जना, दलिततर्फ २७२ जना र पिछडिएको क्षेत्रतर्फ ८५ जनाका लागि भर्ना खुलाइएको छ । 

कम्तीमा कक्षा ८ उत्तीर्ण गरेकाहरु दरखास्त दिन योग्य हुनेछन् । उम्मेदवार उमेरमा १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक उम्मेदवारले आउँदो वैशाख १६ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन् । 

दोब्बर दस्तुर तिरी वैशाख १७ गतेसम्म दरखास्त दिन दिन सकिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया