काठमाडौं - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई बोनस सेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।
संस्थाले २०७७ साल साउन ११ पश्चात् सेयर खरीद गरेका वा प्राथमिक सेयर निष्काशनमा बाँडफाँडमा परी हालसम्म सो सेयर कायम रहेका सेयरधनीहरुलाई बोनस सेयर बापतमा लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेको हो ।
कम्पनीले एक सुचना जारी गर्दै उक्त सेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ ९क० अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर वापतको रकम शेयरधनी स्वयंले नै तिर्नुपर्ने भएकाले कर रकम जम्मा गर्न आग्रह गरेको जनाएको छ ।
सेयरधनीहरूले संस्थाको नाममा रहेको बैंक खातामा कर बापतको रकम जम्मा गरी आफ्नो बोनस शेयर प्राप्त गर्न सक्नेछन् । कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं।, नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न संस्थाले आग्रह गरेको छ ।
प्रतिक्रिया