काठमाडौं - महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २५ हजार ४ सय कित्ता संस्थापक सेयर बिक्री बिक्री गर्न लागेको हो ।
संस्थाले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने जानकारी दिएको छ ।
यस्तै कम्पनीले सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको मुख्य कार्यालय, अग्नीसाइर, सप्तरीमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि संस्थाले जनाएको छ ।
प्रतिक्रिया