काठमाडौं - समृद्धि फाइनान्स लिमिडेडले निष्काशन गरेको हकप्रदको बाँडफाँड कार्य सम्पन्न भएको छ । उक्त हकप्रदको बाँडफाँड बुधबार सम्पन्न गरिएको बिक्रि प्रबन्धक बि।ओ।के क्यापिटल मार्केटले जनाएको छ ।
क्यापिटलका अनुसार हकप्रदमा आवेदन दिने शेयरधनीलाई १७ लाख ८९ हजार २ सय ३९ कित्ता शेयर बाँडफाँड गरिएको छ । यस संगै हकप्रदमा अवितरित ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयर बिक्रीमा आउने छ ।
फाइनान्सले २ः१ को अनुपातमा अर्थात् हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
साथै, आफ्नो हक भन्दा बढी हकप्रद शेयरको निमित्त आवेदन गरी बाँडफाँटमा नपरेका सेयरधनीहरुको सेयर वापतको रकम फिर्ता भुक्तानी आईतबारदेखि आवेदकले आफ्नो आवेदन फाराममा उल्लेख गरेको बैंकरवित्तीय संस्थाको खातामा क्ष्एक् मार्फत सिधै रकमान्तर गरिने छ ।
प्रतिक्रिया