काठमाडौँ - नेपाली फिल्म र संगीत पस्कँदै आएको बुढासुब्बा डिजिटल च्यानल दोस्रोपटक ह्याक भएको छ । उक्त युट्युब प्लेटफर्म बिहीबार ह्याक भएको हो ।
यसअघि पनि यो च्यानल ह्याक भएर पुनः फिर्ता ल्याइएको थियो । च्यानल ह्याक भएपछि च्यानलमा अपलोड भएका धेरै सामाग्रीहरु हराएका छन् ।
यस्तै ‘ए मेरो हजुर ४’ को ट्रेलर र गीत युट्युवबाट उडेको छ । ट्रेलर र गीतको सम्पुर्ण प्रचार सामाग्री युट्युटबाट उडेपछि निर्माण पक्ष तनावमा छन् ।
निर्माण पक्षले आज नयाँ गीत सार्वजनिक गर्ने तयारी थियो । त्यसअगाडि नै २ गीत र १ ट्रेलर युट्युबबाट उडेको हो ।
बुढासुब्बाका अनुसार, च्यानल ह्याक गरिएको छ र सामाग्री हटाइएको छ । ट्रेलर र गीत फेरि युट्युबमा आउँछ या आउँदैन भन्न सकिने अवस्था छैन ।
फिल्मको गीत र ट्रेलरले लाखौं भ्युज पाउदै दर्शकको माया पाइरहेको थियो । वैशाख १ गतेबाट प्रर्दशनमा आउने उक्त फिल्मलाई झरना थापाले निर्देशन गरेकी छिन भने अनमोल केसी, सुहाना थापा , सलोन बस्नेत लगायत कलाकारको अभिनय छ ।
प्रतिक्रिया