एजेन्सी - एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक गरिएको छ ।
यसपटकको विश्वकपमा खेलकुद सामग्री उत्पादन गर्ने कम्पनी एडिडासले उत्पादन गरेको ‘अल रिल्हा’ नामक बलको प्रयोग हुने भएको हो ।
बलमा प्रयोग गरिएको ‘अल रिल्हा’को अरबीमा ‘दि जर्नी’ र यसको अर्थ कतारको संस्कृति, वास्तुकला, प्रतिष्ठित डुंगा र झन्डाबाट प्रेरित रहेको बताइएको छ ।
फिफा विश्वकपका लागि एडिडासले बनाएको यो १४औँ बल हो । एडिडासले यो बललाई नयाँ प्रविधि प्रयोग गरेर पूर्ण रूपमा उच्चस्तरीय ल्याबमा परीक्षण गरिएको र इतिहासकै सबैभन्दा छिटो गुड्न सक्ने, हावामा पनि यसको गति अरू बलहरूको भन्दा बढी रहेको दावी गरेको छ ।
फिफाका मार्केटिङ डाइरेन्टर जिन पाथेले यो बल उत्कृष्ट र लामो सयसम्म टिक्ने र उच्च गुणस्तरको रहेको बताए । यसपटकको विश्वकप इतिहासमै पहिलोपटक विन्टर सिजन ९नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म० कतारमा हुँदै छ । यसअघिका विश्वकप समर सिजनमा हुँदै आएको थियो ।
प्रतिक्रिया