प्रोग्रेशिभ फाइनान्सद्धारा लाभांश पारित, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - प्रोग्रेशिभ फाइनान्स लिमिटेडले लाभांश अनुमोदन गरेको छ । कम्पनीले २५औँ वार्षिक साधारण सभाबाट गत आर्थिक वर्षको उक्त लाभांश अनुमोदन गरेको हो । 

हिजो सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ६.३१५८ प्रतिशतले हुन आउने लाभांश अनुमोदन गरेको हो । जसमा ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश छन् ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रक्रियाका लागि गर्नुपर्ने आवश्यक सम्पूर्ण गतिविधि गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका सम्पूर्ण दस्तावहरु अनुमोदन गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया