काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनीको साधारणसभा आज हुँदैछ । सभा काठमाडौँको आम्रपाली ब्यान्क्वेटमा हुने छ ।
सभाले कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०।५२६३ प्रतिशत लाभांशको प्रस्ताव पारित गर्ने छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ६ गते बुक क्लोज गरेको थियो । त्यसकारण चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा कम्पनीको लाभांश पाउन सक्ने छन् ।
प्रतिक्रिया