काठमाडौं - नारायणी डेभलपमेन्ट बैंकको लिलामी सेयरमा आजसम्म मात्र आवेदन दिन सकिने भएको छ ।
कम्पनीले हकप्रद सेयरमा बिक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता सेयर चैत १० गतेदेखि लिलामीमा बिक्री खुला गरेको हो ।
उक्त सेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति संस्था वा कम्पनीहरूले बिहीवार अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको हुँदा लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकत शेयर सङ्ख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया