वाणिज्य बैंकहरुको निक्षेप एक अर्बले घट्यो, कर्जा लागनीको अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं, वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैंयाले घटेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी बढेको छ । 

वाणिज्य बैंकहरुको चैत्र १४ गते,  सोमबारसम्म निक्षेप संकलन ४३ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ ।  बैंकहरूको निक्षेप एक अर्बले घटेको हो । चैत्र १३ गते,आइतबारसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी भने एक अर्बले बढेर ४१ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । 

बैंकहरूको निक्षेप घट्दा सीडी रेसियो बढेको छ । चैत्र १३ गते औसतमा ९०.७० प्रतिशत रहेको सीडी रेसियो चैत्र १४ गतेसम्ममा बढेर ९०.७४ प्रतिशत पुगको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया