काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजारमा हरियाली छाएको छ । ५ दिनको निरन्तर गिरावटपछि आज शेयर बजारमा सकरात्मक माहोल देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेको छ । आज नेप्सेमा आकर्षक सुधार आएको छ । केही दिन यता लगातार ओरालो लागेको नेप्से आज भने ४०।६८ अकंले बढेको हो ।
आज नेप्से बढेर कारोबार खुम्चिदा एनसीसी डिबेञ्चरले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज २ प्रतिशतले घटेको हो ।
त्यस्तै, यूनिलिभर नेपालको १.९५ प्रतिशत, कुमारी इक्वाटी फण्डको १.८० प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशनलको १.७९ प्रतिशत र सानिमा डिबेञ्चरको १.७५ प्रतिशतले घटेको हो ।
प्रतिक्रिया